रुकुमपूर्वमा एमाले उम्मेदवारलाई कांग्रेस चिह्न

रुकुमपूर्वमा एमाले उम्मेदवारलाई कांग्रेस चिह्न
सुन्नुहोस्

रुकुमपूर्व : रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपनिर्वाचनमा एमालेका उम्मेदवारले कांग्रेसको चुनाव चिह्नमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।

कांग्रेस र एमालेको गठबन्धनबाट एमालेकी केशकुमारी तुलाचनले कांग्रेसको चुनाव चिह्नमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका लागि नरपुरा बुढा पुन, नेकपा एकीकृत समाजवादीबाट सुनिता बुढामगरले उम्मेदवारी दर्ता गराउँदा स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनार बिक गरी उपाध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए । 

राजनीतिक दलसँगै स्वतन्त्रबाट पनि उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । जसमा उपाध्यक्ष पदमा ७ जना र वडाध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सहायक निर्वाचन अधिकृत सुवेदीका अनुसार २ नम्बर वडाध्यक्ष पदमा माओवादी केन्द्रबाट जगत घर्ती मगर, कांग्रेस र एमालेको गठबन्धनबाट एमालेका जीवन रोका र स्वतन्त्रबाट शुक्रराज बिकले उम्मेदवारी दर्ता गराएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.