प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । ओली र देउवाको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटवार्तामा सरकारको काम कारबाहीदेखि उपनिर्वाचनका विषयमा पनि छलफल भएको छ । आगामी मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन हुँदै छ ।

कांग्रेस एमाले गठबन्धनको सरकार बनेको ४ महिना पुगेको छ । गत असार ३० मा सातबुँदे सहमतिको जगमा कांग्रेस एमाले गठबन्धनको सरकार बनेको हो । मन्त्री परिवर्तनको चर्चा पनि चलिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.