मुस्ताङको तेताङ गाउँमा जलवायुको असर

मुस्ताङको तेताङ गाउँमा जलवायुको असर
सुन्नुहोस्

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा जलवायु परिवर्तनको असर परेको छ। विश्वमा बढ्दै गइरहेको (हरितगृह ग्यास ) कार्वन उत्सर्जनका कारण मुस्ताङको तेताङ गाउँमा जलवायु परिवर्तको असर परेको छ।

मुस्ताङमा जलवायु संकटका कारण वातावरणीय क्षेत्रमा परेको प्रभावले प्राकृतिक स्रोत साधनलगायत विभिन्न क्षेत्रमा प्रतिकुल असर परेको छ। एक दशकअघि मुस्ताङको लोमान्थाङ गाउँपालिकाको समजुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ध्ये गाउँ जलवायु परिवर्तनको असरकै कारण पुरै वस्ती विस्थापित भएको थियो। यी दुई गाउँ जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ तेताङमा पनि जलवायु परिवर्तनकै प्रभावले गर्दा एक तिहाइले बस्ती छाडिसकेका छन्। 

एक दशकअघि तेताङमा कुल ४६ घरधुरीको बसोबास थियो। तर, पछिल्लो समय तेताङमा जम्मा ३० घरधुरीको मात्रै बसोबास रहेको छ। तेताङका अधिकांश स्थानीय नागरिकहरू खेतीपातीकै भरमा बाँचिरहेका छन्। जलवायु परिवर्तनका कारण पर्यावरणीय क्षेत्रमा परेको दूरगामी प्रभावले गर्दा त्यहाँँको सिँचाइ गर्ने नदीका मुहान समेत सुक्दै जान थालेपछि त्यहाँँका नागरिकहरूले अपनाउँदै आइरहेको कृषि कर्म समेत संकटमा पर्न थालेको हो।

तेताङ गाउँमा गुरुङ समुदायको बस्ती छ। भिरालो पहाडको खोंचमा खेती गर्ने जमिन छ। त्यही जमिन खोस्रिएर खेतीपाती गर्दै वर्षभरीको छाक टार्न पर्ने तेताङ गाउको बाध्यता छ। ३ दशकअघि गाउँमाथिको लेकको मुहानबाट आउने पानीले गाउँका सबै खेतीयोग्य जमिनलाई सिन्चित गर्न पुग्थ्यो। तर, त्यसपछि भने लेकको मुहानको पानीको स्रोत घट्दै जान थालेपछि तेताङमा पर्याप्त मात्रामा खेतीपाती गर्न सिँचाइको अभाव हुन थालेको हो। बारागुङ–३ तेताङका वडासदस्य धवा गुरुङले जलवायु परिवर्तनको असरले बस्ती स्थान्तरण गर्ने क्रम सुरु हुन थालेको बताए। केहीवर्षअघि हाम्रो गाउँमा ४६ भन्दा बढी घरधुरी थिए, अहिले ३० घरधुरी मात्रै छन्,वडासदस्य गुरुङले भने, 'बाँकी रहेको ३० घरधुरी पनि घट्दै जान क्रममा छ, यस्तै भयो भने गाउँ पूरै विस्थापित हुने चिन्ता छ।’null 

‘मुस्ताङको तेताङमा गाउँका सबै खेतीयोग्य जमिनमा सिँचाइको पहुच थियो । सबैले खेतीपाती गरी रमाइरहेका हुन्थे, अचेल सिँचाइको अभाव हुँदै जाँदा गाउँ मुन्तिरको खेतहरू बाँझो रहन गएको छ,’ वडासदस्य गुरुङले भने।’

तेताङमा गाउँ माथिको लेकको मुहानको पानी सुक्दै गएपनि सिँचाइका लागि मुहानको पानी संकलन गरी सिँचाइ गर्न थालेको स्थानीय थर्चेन गुरुङले जानकारी दिए। तेताङबासीले खेतमा सिँचाइ गर्न पानी संकलनका लागि पोखरी निर्माण गरेका छन्। रातभरी पोखरीमा मुहानको पानी संकलन गर्ने र दिनमा पालैपालो गरेर खेतमा सिँचाइ गर्ने गरिएको स्थानीय थर्चेनको भनाइ छ। पोखरीमा संकलन गरिएको पानीले सबै खेतमा पुर्या‍उन मुश्किल हुने थर्चेनले बताए।

त्यसो त संघीयता अघि साविक जिल्ला विकास समितिबाट प्राप्त बजेटले नरसिंह खोलाबाट सिँचाइका लागि खोलाको पानी ल्याइएको थियो। करिव ३ किमी दूरीबाट नरसिंह खोलाको पानीलाई फलामे कुलो निर्माण गरेर र सहज स्थानमा कुलो निर्माण गरी तेताङ बस्तीको खेतखेतमा सिँचाइ पुर्याइएको थियो। तर केही वर्षअघिको नरसिंह खोला बाढीले उक्त कुलोहरू पूरै क्षति बनाइदिएपछि सिँचाइको थप संकट परेको स्थानीय बताउछन्।

जोमसोम–कोरला राजमार्गअन्तर्गत एऊँटै वडाको छुसाङ गाउँदेखि पूर्वमा अवस्थित तेताङ गाउँमा अधिकांश प्राचीन शैलीमा निर्माण गरिएको ढुंगा र माटोले निर्मित घरहरू छन्। सडक जोडिएपछि २ घरधुरीले भने एक तले क्रंकिट घर निर्माण गरेका छन्। कृषि र पशुपालन पेशामै निर्भर रहनु पर्ने बाध्यता रहेको तेताङका कतिपयले बैंकल्पिक व्यवसायका लागि छुसाङ, कागबेनी,जोमसोम लगायतका स्थानमा सरेका छन्। बस्ती छाडेका घरधुरीले अन्यत्र खेतापाती अधिया कमाउने, होटल रेष्टुरेन्ट चलाउनेदेखि सामान्य ज्याला मजदुरी गर्ने गरेको पाइएको छ।

संघीयतापछि छुसाङदेखि तेताङसम्म कच्ची सडक बनेको छ। यस्तै, हालै गण्डकी प्रदेश सरकारले तेताङदेखि झाङ हुँदै मुक्तिनाथ जोड्ने सडक स्तरोन्नतिकार्य भइरहेको छ। उपल्लो मुस्ताङ पुगेर फर्किएका पर्यटक तेताङको पर्यटक पदमार्ग प्रयोग गरेर झोङ हुँदै मुक्तिनाथ निस्किन्छन्। तेताङ गाउँबाट मुक्तिनाथ जोड्ने सडक निर्माणकार्य भइरहेकाले विदेशी पर्यटकले प्रयोग गर्ने बैंकल्पिक पदमार्ग मासिने निश्चत भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.