सुन-चाँदीको मूल्य फेरि बढ्यो
काठमाडौं : स्थानीय बजारमा सुन -चाँदीको मूल्य फेरि बढेको छ। आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६२ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसदिन प्रतितोला चाँदीको मूल्य १ हजार ९५५ रुपैयाँमा पुगेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।