अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा जम्मा गर्‍यो एक अर्ब रुपैयाँ

अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा जम्मा गर्‍यो एक अर्ब रुपैयाँ
सुन्नुहोस्

काठमाडौं : अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ। मंगलबार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जानकारी गराएको हो।

गत असोज दोस्रो हप्ता गएको बाढी पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएपछि मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो।

बैठकले मन्त्रिपरिषदका सबै सदस्यहरूको एक महिना बरारको पारिश्रमिक बाढी पहिरो प्रभावितो तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थान कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

कोषमा जम्मा भएको रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४, अनुसार खर्च गरिने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.