लोकतान्त्रिक अगुवाको राष्ट्रिय सम्मानसाथ बिदाइ

लोकतान्त्रिक अगुवाको राष्ट्रिय सम्मानसाथ बिदाइ
सुन्नुहोस्

काठमाडौं :

विश्व त यसलाई नेपाल भन्छ
नाम त स्वर्ग हो
बुझ लौ साथी गुण लौ साथी 
यहीँ देश नेपाल हो। 
०००
यहीँ हो नेपाल। 
नेपालीको घर। नेपालीको घर। 

 
राष्ट्रिय भावनाले ओतप्रोत यस कर्णप्रिय गीतका सर्जक दमननाथ ढुंगाना आइतबार दिउँसो अस्ताए। फाटफुट गीत र कविता रचना गर्ने ढुंगानाको निधनमा सोमबार राष्ट्र नै शोकाकुल बन्यो। वरिष्ठ गायक प्रेमध्वज प्रधान र गंगा रानाको स्वरमा सजिएको यस गीतका शब्दहरू ढुंगानाले नै रचेका थिए। जसमा संगीत उस्ताद गोविन्दलाल नेपालीले भरेका थिए।

गीत र साहित्यमा भन्दा बढी उनको योगदान संसदीय मूल्य मान्यताको जग बसाल्नमा रह्यो। लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा उनी नागरिक अगुवाको भूमिका निर्वाह गरेका थिए।

ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सरकारले सोमबार सार्वजनिक बिदा दिएको थियो। मन्त्रिपरिषद्को सोमबार बिहान बसेको आकस्मिक बैठकले मुलुकको संसदीय प्रणालीलाई व्यवस्थित गर्न सभामुखको भूमिकामा ढुंगानाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको थियो।  पूर्वसभामुख ढुंगानाले लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा नागरिक अगुवाको भूमिका समेत निर्वाह गरेका थिए। उनी २०४८ देखि २०५२ सालसम्म प्रतिनिधिसभामा सभामुख रहेका थिए। 

राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि 

प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानकासाथ सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ढुंगानालाई छोराहरू निशेष र निमेशले दागबत्ती दिएका थिए। आर्यघाटमा नेपाली सेनाको टोलीले १७ तोपको सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो।

त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि सानोगौचरनमा राखिएको थियो। कलेजोसम्बन्धी समस्या झेलिरहेका डुंगानालाई आइतबार असहज महसुस भएपछि उपचारका लागि फ्रन्टलाइन अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याए लगत्तै उनको निधन भएको थियो।

संसदीय सुदृढीकरणमा योगदान 

प्रधानमन्त्री केपी शर्मा ओलीले सानोगौचरनमा ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए। ढुंगानाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले संसदीय प्रणालीलाई सुदृढीकरण गर्नमा महत्वपूर्ण योगदान दिएको बताए। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् सञ्चालन र संसद्को भूमिकाका बारेमा सिक्नुपर्ने अगुवाको भूमिका ढुंगानाले निर्वाह गरेको बताए। 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाएका थिए। ढुंगानालाई अन्तिम श्रद्धाञ्जलि दिँदै पूर्वप्रधानमन्त्री देउवाले सरकार बहुमतको र संसद् विपक्षीको भन्ने कुरालाई ढुंगानाले स्थापित गराएको बताए। राष्ट्रले एउटा इमान्दार र ठूलो व्यक्ति गुमाएको देउवाको भनाइ थियो।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको लोकतान्त्रिक आन्दोलनको एक ऐतिहासिक व्यक्तित्वका रूपमा जनताले सम्झिरहने बताए। 

शान्ति सम्झौताको वातावरण बनाउन, संविधानसभाको वातावरण बनाई मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविश्मरणीय भएको उनले बताए। 

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको संविधान निर्माणमा ढुंगानाको महत्वपूर्ण योगदान रहेको बताए। पूर्वप्रधानमन्त्री नेपालले २०४६ सालको जनआन्दोलनलाई सकारात्मक विन्दुमा पुर्‍याउन ढुंगानाले खेलेको भूमिका र संसद्मा सभामुखका रूपमा प्रतिपक्षको आवाज सुनेर सम्बोधन गर्ने गरेको स्मरण गरे। 

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ढुंगानाको जीवनको विभिन्न आयामहरू रहेको उल्लेख गर्दै सभामुखका रूपमा संसदीय मूल्य मान्यता स्थापित गराउन प्रभावकारी भूमिका खेलेको बताए। 

गृहमन्त्री रमेश लेखकले ढुंगानाको निधनबाट मुलुकले असल नेता गुमाएको उल्लेख गर्दै सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ति स्थापनाका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। 

कांग्रेस मर्माहत र स्तब्ध 

नेपाली कांग्रेसले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगानाको निधनले मर्माहत र स्तब्ध भएको जनाएको छ। सोमबार बसेको पार्टीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै ढुंगानाप्रति सम्मान प्रकट गर्दै दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा आधा झन्डा झुकाउने निर्णय गरेको छ। मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ। 

ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट विजयी भएका थिए। त्यस्तै २०५१ सालमा काठमाडौं निर्वाचन क्षेत्र नं २ र २०७४ मा भक्तपुर क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए। नेपाली कांग्रेसको विभिन्न पदमा रहेर कार्य गरेका ढुंगाना पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित शोक प्रस्ताव र निर्णयमा उल्लेख छ। 

न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान
नेकपा एमाले, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शोक वक्तव्य प्रकाशित गर्दै ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन्। ‘सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने ढुंगाना सदैव स्मरणीय रहेको वक्तव्यमा उल्लेख छ। 

ढुंगानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए। मानव अधिकार, न्याय क्षेत्र, र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा उनको योगदान सदैव स्मरणीय रहेको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नेको भीड आर्यघाटसम्म पुगेको थियो। श्रद्धाञ्जलि कार्यक्रममा उपस्थिति राजनीतिज्ञलगायत विभिन्न पेसाकर्मीहरूले ढुंगानाको निधनबाट मुलुकले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी र निष्ठावान एवं अनुभवि राजनीतिज्ञ गुमाएको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.