मनास्लु क्षेत्रमा बढे पर्यटक

मनास्लु क्षेत्रमा बढे पर्यटक
सुन्नुहोस्

गोरखा : प्रसिद्ध मनास्लु क्षेत्रमा ४ महिनाको अवधिमा ६ हजारभन्दा धेरै विदेशी पर्यटकले यात्रा गरेका छन् । गतवर्षको यही समयको तुलनामा ७ सय ३७ जनाले वृद्धि भई गत साउनयता ६ हजार ४ सय २५ जनाले मनास्लु क्षेत्र भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ ।

३ हजार ६ सय २९ पुरुष र २ हजार ७ सय ९५ महिला र एक अन्य गरी ६ हजार ४ सय २५ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए । गत वर्ष यही चार महिनामा जम्मा ५ हजार ६ सय ९२ विदेशी पर्यटकले यो क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष सार्क राष्ट्रका पर्यटक जम्मा ८९ जना र बाँकी पर्यटक सार्कबाहिरबाट आएका एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए । 

विदेशी पर्यटकहरूबाट एमक्यापले यो साउन, भदौ, असोज र कात्तिक महिनामा १ करोड ३८ लाख ९२ हजार १ सय ९१ रुपैयाँ राजस्व आर्जन गरेको छ । गत वर्ष यही समयमा एमक्यापले ९४ लाख ५५ हजार ३ सय ४० रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यो साउन महिनामा जम्मा ३८ पर्यटक आएका थिए । गत वर्षको साउनमा ८० जना आएका थिए । त्यस्तै गत वर्षको भदौमा ५ सय ४७ जना आएकामा यो भदौमा ६ सय जना, गत वर्षको असोजमा २ हजार ६ सय ५४ जना आएकामा यस असोजमा २ हजार ४ सय ४० र गत कात्तिकमा २ हजार ४ सय ११ जना आएकामा यो कात्तिक महिनामा झन्डै एक हजारले बढी ३ हजार ३ सय ५१ जना विदेशी पर्यटक यस क्षेत्रमा आएका छन् ।

यस वर्षदेखि विदेशी र स्वदेशी पर्यटकसँग मनास्लु क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिकाले पनि राजस्व संकलन गरेको छ । गत असोज १ गतेबाट राजस्व संकलन गर्न सुरु गरेको पालिकाले असोज र कात्तिक दुई महिनामा मात्र ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । दुई महिनामा ५५ सय जना विदेशी पर्यटकसँग प्रतिव्यक्ति एक हजारका दरले ५५ लाख र ४ सय ७९ जना नेपाली पर्यटकसँग जनही दुई सय रुपैयाँका दरले ९५ हजार ८ सय रुपैयाँ संकलन गरेको त्यहाँका कर्मचारी विशाल घलेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.