नयाँ बसपार्कको विष्णुमती करिडोरका ८२ पसलमा नगरपालिकाले चलायो डोजर
काठमाडौं : विष्णुमती करिडोरका अवैध ८२ टहरा हटाइएको छ । टोखा नगरपालिकाले आज नयाँ बसपार्कको पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ टहरा/पसल हटाएको हो ।
विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि आसपासका अस्थायी संरचना हटाइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना डोजर लगाइएको बताए। उनले
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाभित्र अतिक्रमण भएको जग्गाको संरक्षण गर्ने योजनाअनुसार नगरपालिका लागि परेको बताए। यस अगाडि नगरपालिकाले सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन आग्रह गरेको थियो । नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाएको थियो ।