आज मंगल चौथी : गणेश मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौं : मंगल चौथीका दिन मंगलरबार देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, अशोकविनायक, चन्द्रविनायकलगायतका गणेश मन्दिरमा मंगल चौथीका दिन भक्तजनको घुइँचो लागेको हो । यस दिन गणेशको व्रत बस्दा धनदेखि मनले चिताएको सम्पूर्ण पूरा हुने विश्वास गरिन्छ ।
गणेशजी जन्मिएको दिन मंगलबार र चतुर्थी तिथिको संयोग परेकाले त्यस दिनलाई मंगल चौथी भनिएको हो । यस्तो संयोगलाई गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अत्यन्त महत्त्वपूर्ण तिथिका रूपमा लिइने गरिन्छ ।
त्यस्तै मंगल चौथीको दिन गणेश भगवानको स्मरण गर्दै व्रत बस्ने वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूको परम्परा छ । यसदिन व्रत बसे सम्पूर्ण अनिष्टबाट बच्न सकिने, सन्तान प्राप्ति, विद्या,बुद्धि, काम शिद्ध हुने गणेश पूराणमा उल्लेख छ । उनलाई बिघ्नहर्ताको रुपमा पनि लिइन्छ ।