तीन महिनामा ४ खर्ब बढी रेमिट्यान्स भित्रियो

तीन महिनामा ४ खर्ब बढी रेमिट्यान्स भित्रियो
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा रेमिट्यान्स आप्रवाह वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। 

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह तीन अर्ब चार करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) चार खर्ब ४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब चार अर्ब सात करोड रुपैयाँ रहेको थियो।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.