'विदेश भ्रमणमा जाँदा सरकारलाई थप आर्थिक भार नपार्नू, प्रस्तावकसहित विवरण पेस गर्नू'

'विदेश भ्रमणमा जाँदा सरकारलाई थप आर्थिक भार नपार्नू, प्रस्तावकसहित विवरण पेस गर्नू'
सुन्नुहोस्

काठमाडौं : वैदेशिक भ्रमणमा जाँदा सरकारलाई आर्थिक भार नपार्न निर्देशन दिइएको छ। मुख्यसचिवको अध्यक्षमा मंगलबार बसेको सचिवहरूको बैठकले वैदेशिक भ्रमणमा जाने कर्मचारीहरूलाई थप आर्थिक भार नपार्न निर्देशन दिइएको हो।

'सम्बन्धित मन्त्रालय/निकायको कार्यक्षेत्रमा उपयोगी हुने विषयमा मात्र नेपाल सरकारलाई थप आर्थिक भार नपर्ने गरी औचित्य खुलाई वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुपर्ने,' निर्णयमा भनिएको छ। भ्रमणमा जाँदा भ्रमण टोलीमा रहेका कर्मचारी र उनीहरूको प्रस्तावकसमेत मन्त्रिपरिषद्लाई पठाउनुपर्ने छ। 'स्वीकृति सम्बन्धि प्रस्ताव पठाउँदा वैदेशिक भ्रमणमा जाने टोलीमा रहेका सम्पूर्ण कर्मचारीको विवरणलाई समेत अनुसूचीमा समावेश गरी अनिवार्य रूपमा प्रस्तावका साथ संलग्न गर्नुपर्नेछ,' निर्णयमा उल्लेख छ।

त्यस्तै व्यक्तिगत प्रयोजनका लागि कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने भएको छ। 'सरकारी कामकाजमा बाहेको अन्य व्यक्तिगत प्रयोजनका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग नगर्ने नगराउने। यसको लागि परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने,' निर्णयमा भनिएको छ। त्यस्तै वैदेशिक मनोनयन र भिसा सिफारिसम्बन्धी काम परराष्ट्र मन्त्रालयमार्फत गर्न निर्देशनसमेत दिइएको छ। यसअघि त्यस्तो सिफारिस प्रधानमन्त्री कार्यालयले गर्दै आएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.