प्रेस काउन्सिलले गर्‍यो युट्युब/फेसबुक पेजलाई कारबाही

प्रेस काउन्सिलले गर्‍यो युट्युब/फेसबुक पेजलाई कारबाही
सुन्नुहोस्

काठमाडौं : प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३ वटा युट्युब च्यानललाई कारबाहीका लागि साइबर ब्युरोलाई पत्राचार गरेको छ। त्यस्तै एक फेसबुक पेज र ५ युट्युब च्यानललाई त्यस्ता सामग्री हटाउन निर्देशनसहित स्पष्टीकरण सोधिएको छ।

प्रेस काउन्सिलले पूर्वी गर्जन मिडिया, सगरमाथा पाना र नेपाल लाइभ एचडीलाई कारबाहीका लागि साइबर ब्युरोमा सिफारिस गरेको हो। त्यस्तै लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इज नेपाल, रातोपर्दा टिभी, र गुन्द्रुक न्युजलाई स्पष्टीकरण सोधेको हो। 

'सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ। संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आमसञ्चार माध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील छ। आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ। सामाजिक सञ्जालहरू पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरू आफैं हट्दै जानेछन्। अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापि हैन। प्रेस काउन्सिल नेपाल पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना/अफबाह फैलाउने, हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुऱ्याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, गालीगलौजपूर्ण, घृणा तथा द्वेष फैलाउने सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम र सो अन्तर्गत रहेका युट्युब च्यानल लगायतका सामाजिक सञ्जाल, आम पत्रकार, सञ्चारकर्मीसहित सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा पुनः आग्रह गर्दछ,' काउन्सिलले विज्ञप्ति जारी गर्दै भनेको छ। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.