अर्घाखाँचीमा कैदीबन्दीको निःशुल्क आँखा जाँच

अर्घाखाँचीमा कैदीबन्दीको निःशुल्क आँखा जाँच
सुन्नुहोस्

अर्घाखाँची : सन्धिखर्क नगरपालिका र जिल्ला प्रशासन कार्यालयको आयोजनामा अर्घाखाँची कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

कारागारमा रहेका कैदीबन्दीको मागका आधारमा निःशुल्क आँखा जाँच तथा पावर चस्मा वितरण शिविर सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

शिविरमा कैदीबन्दी, सुरक्षाकर्मी, कर्मचारी गरी एक सय दुई जनाको आँखा चेकजाँच गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ। कारागारमा रहेका कैदीबन्दीको आँखाको स्वास्थ्य अवस्था थाहा पाउन नेपाल नेत्र ज्योति संघ, आँखा उपचार केन्द्रको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ महाराजगञ्ज काठमाडौं र अर्घाखाँची दिगो विकास केन्द्रको सहयोगमा शिविर सञ्चालन गरिएको हो।

आँखा जाँचमा कारागार कार्यालय भित्र रहेका ६ जना महिला, ८३ जना पुरुष गरी ८९ जना कैदीबन्दी, सुरक्षाकर्मी, कर्मचारी गरी एक सय दुई जनाको आँखा चेकजाँच गरिएको आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरेले बताए।

आँखा उपचार पछि चस्मा लगाउनुपर्ने भएकाहरूका लागि अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लबले निःशुल्क चस्मा प्रदान गरेको संस्थाका अध्यक्ष डा.जयबहादुर टण्डनले जानकारी दिए। कारागारमा सञ्चालन गरिएको शिविरमा दृष्टि कमजोर भएका ७१ जनालाई निःशुल्क पावरवाला चस्मा वितरण गरिएको र एक जनाको मोतियाबिन्दु देखिएकाले निःशुल्क अप्रेसनका लागि आँखा उपचार केन्द्रमा बोलाइएको प्रमुख सागर घिमिरेको भनाइ छ।

कारागारमा रहेका कैदीहरूलाई सुधार केन्द्रका रूपमा उच्च मनोवलका साथ बस्न र भरपुर मनोरञ्जन तथा स्वास्थ्यको ख्याल गर्न जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले आग्रह गरेका छन्। उनले कैदीबन्दीलाई मागका आधारमा विभिन्न सामाग्री प्रदान गरिँदै आएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.