माओवादीको राजनीतिक अस्थिरताले कांग्रेस–एमाले गठबन्धन बन्यो : कांग्रेस प्रवक्ता महत

माओवादीको राजनीतिक अस्थिरताले कांग्रेस–एमाले गठबन्धन बन्यो : कांग्रेस प्रवक्ता महत
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाली कांग्रेसका पार्टी प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशसरण महतले माओवादीमा देखिएको राजनीतिक अस्थिरताका कारण अहिलेको गठबन्धन निर्माण भएको बताएका छन्। मुलुक उप निर्वाचनको माहोलमा रहेका बेला कर्णाली भ्रमणमा आएका कांग्रेस केन्द्रीय सदस्य महतले सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्। 

उनले माओवादीलाई प्रधानमन्त्री दिँदा पनि राजनीतिक स्थायित्व नभएका कारण कांग्रेस एमालेको गठबन्धनको सरकार निर्माण भएको बताए। उनले भने, ‘हामीले चुनावी तालमेल माओवादी केन्द्रसँग गरेका थियौँ। माओवादीसँगै सत्ता सहकार्य गरेका हौँ। तर माओवादी केन्द्रमा राजनीतिक विचलन आएर कहिले कांग्रेस त कहिले एमाले तिर लाग्ने समस्याले गर्दा अहिलेको गठबन्धन निर्माणमा सहयोग पुगेको हो।’ 

उनले नेपाली कांग्रेसले माओवादीसँग गरेको सत्ता सहकार्य सुखद नभएको बताए। उनले भने, ‘कांग्रेसले माओवादीसँग गरेको सत्ता सहकार्य सुखद भएन। सरकारको नेतृत्व गरेको माओवादीमा राजनीतिक अस्थिरता र विचलन देखियो। यसको प्रभावले गठबन्धन पटक पटक फेरबदलहरु पनि भए। यसैको परिणाम मुलुकमा राजनीतिक स्थायित्व, संविधान संशोधन, विकास र समृद्धि दिनका लागि कांग्रेस एमालेको गठबन्धन निर्माण भएको हो।’

उनले आगामी निर्वाचनहरूमा नेपाली कांग्रेस एक्लै लड्ने बताए। उनले भने, ‘विगतमा माओवादीले कांग्रेसले गरे कांग्रेस तिर नगरे एमालेतिर गठबन्धन गर्ने भएकाले हामीले पनि गठबन्धन गरेका हौँ। अहिलेको गठबन्धनको सरकार निर्माण गर्ने बेला नै अबको निर्वाचनमा एमाले कांग्रेस दुवैले माओवादी केन्द्रसँग आगामी निर्वाचनमा गठबन्धन नगर्ने भनेर सहमति गरेका छौँ। हामी आफ्नै पाटीको बलमा निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्नेछौँ।’ 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.