डिएपी मल नपाउँदा किसानलाई हिउँदेबाली लगाउन समस्या

डिएपी मल नपाउँदा किसानलाई हिउँदेबाली लगाउन समस्या
कृषि सामग्री कम्पनी परासीको गोदाममा राखिएको युरिया मल । तस्बिर : हरि शर्मा।
सुन्नुहोस्

परासी : किसानहरू यतिबेला हिउँदे खेती लगाउन व्यस्त छन् । तर, खेती लगाउने समयमा नै मल नपाउँदा नवलपरासीका किसानहरू चिन्तित बनेका छन् । 

किसानले अहिले प्रमुख रुपमा गहुँ, तोरी र मकैलगायतका हिउँदे खेती लगाउन सुरु गरेका छन् । खेती लगाउने समयमा डिएपी मल आवश्यक हुन्छ । तर, जिल्लामा डिएपी मलकै हाहाकार भएको छ । डिएपी मलको अभाव भइरहँदा जिल्लामा युरिया मल भने प्रयाप्त छ । 

खेतीलाई तत्काल आवश्यक पर्ने डिएपी मल भने आउने छाट देखिएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड परासीले पालिकाहरुको सिफारिसमा सहकारीमार्फत किसानहरूलाई मल वितरण गर्दै आएको छ । 

चालु वर्षको अहिलेसम्म दुई चरणमा आएको डिएपी मल कम्पनीले वितरण गरिसकेको हो । जिल्लामा वार्षिक न्यूनतम १२ हजार १२५ मेट्रिक टन डिएपी मल आवश्यक हुँदा अहिलेसम्म जम्मा ७६४ दशमलब ४५० मेट्रिक टन (१५ हजार २८९ बोरा)  डिएपी मल आएको हो । चालु वर्षको साउन र कात्तिकमा आएको उक्त मल वितरण गरिसकिएको छ । अब मल आउने सम्भावना कम रहेको कृषि सामग्री कम्पनी परासीका प्रमुख नरहरि पोखरेलले बताए ।   

५० केजीका प्रति बोरा डिएपी मललाई कम्पनीले २ हजार २४४ मा सहकारीलाई बिक्री गर्दै आएको छ । उक्त मललाई ढुवानी खर्चसहित अन्य खर्च जोडेर सहकारीहरुले किसानहरुलाई बिक्री गर्दै आएका छन् । 

यता जिल्लामा डिएपी मल उपलब्ध गराउँदै आएको भैरहवास्थित कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयका प्रमुख तीर्थराज न्यौपानेले तत्कालै मल आउने संभावना नरहेको बताए । ‘गहुँ लगाउने समयसम्म मल आउने सम्भावना छैन । तैपनि मंसिरको अन्तिम सातासम्म मल आउने जानकारी पाएका छौं । ’, न्यौपानेले भने ।

गएको धान खेतीको समयमा सहज रुपमा मल पाएका किसानहरुले भने अहिले भने मलको अभाव खेप्न बाध्य भएका हुन् । किसानहरुलाई डिएपी मलको आवश्यक भइरहेका बेला जिल्लामा भने युरिया मल प्रयाप्त छ । अहिले युरिया मल त्यति आवश्यक नहुने भएकाले उक्त मल कृषि सामग्री कम्पनी परासीको गोदाममा थन्किएको छ । चालु वर्षको अहिलेसम्म कम्पनीमा  २ हजार ९६८ मेट्रिक टन युरिया मल आएको छ । जसमध्ये अहिले १ हजार १६ मेट्रिक टन युरिया कम्पनीको गोदाममै रहेको कृषि सामग्री कम्पनी परासीका प्रमुख पोखरेलले जानकारी दिए । युरिया मल पनि जिल्लाका लागि प्रयाप्त होइन । जिल्लामा वार्षिक न्यूनतम १९ हजार ७ सय मेट्रिक टन युरिया र ५ हजार ७२० पोटास आवश्यक रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि अधिकृत नवराज घिमिरेले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.