कोशी प्रदेशमा स्वास्थ्यको छुट्टै ऐन बनाइँदै

कोशी प्रदेशमा स्वास्थ्यको छुट्टै ऐन बनाइँदै

विराटनगर : कोशी प्रदेशमा स्वास्थ्यसँग सम्बन्धी छुट्टै ऐन बनाइने भएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने भनेर छुट्टै ऐन बनाउन लागिएको हो । 

प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यसाथ प्रदेशमा छुट्टै ऐन निर्माण गरिने प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले छुट्टै ऐन बनाउनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

स्वास्थ्य सम्बन्धी छुट्टै ऐन प्रदेशमा आवश्यक देखिएको उनको भनाइ छ । सरकारले उद्योग कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान (तेस्रो संशोधन) नियमावली २०८१ लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको जानकारी राईले दिए । 

मन्त्रिपरिषद् बैठकले आयुर्वेद चिकित्सा सेवा तथा जडीबुटी सेवा शिक्षा तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्ययोजना तर्जुमा कार्यदल, २०८१ को समयावधि एक महिना (३० दिन) थप गर्ने निर्णय गरेको छ । तोकिएको समयमा काम सम्पन्न नभएकाले कार्यदलको समय थप गर्नु परेको हो । 

मन्त्रिपरिषद् बैठकको निर्णयका बारेमा जानकारी दिँदै कोशी प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री भूपेन्द्र राई ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.