सेयर बजार एकल अंकले बढ्यो, कारोबार रकम घट्यो

सेयर बजार एकल अंकले बढ्यो, कारोबार रकम घट्यो
सुन्नुहोस्

काठमाडौं : सेयर बजारमा एकल अंकले सुधार आएको छ। अघिल्लो कारोबार दिन मंगलबार ५१ अंक बढिले घटेको सेयर बजार आज ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेको हो। यसदिन आधा दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सेन्सेटिभ इण्डेक्स  ०.३४ अंकले बढेर ४७८.५० विन्दुमा अडिएको छ। 

 
नेप्से बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा कम भएको छ।  यसदिन ३२३ स्क्रिप्सको १ रोड ५४ लाख  ६४ हजार ५५२ कित्ता सेयर ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९४६ रुपैयाँमा कारोबार भयो। मंगलबार १० अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो।

नेप्से एकल अंकले बढेपनि ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,नेपाल हाइड्रोपावर डेभलपमेन्ट,सप्तकोशी डेभलपमेन्ट बैंक,महिला लघुवित्त वित्तीय संस्था,कर्णाली डेभलपमेन्ट बैंक र जानकाी फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो।

आज गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। आठवटा समूहको उपसूचक बढ्दा ५ वटाको उपसूचक भने नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंकको उपसूचक सर्वाधिक ३.३८  प्रतिशतले बढ्यो।

कारोबारमा आएकामध्ये १४३ वटा स्टक्सको मूल्य बढ्दा ८९ वटाको घट्यो। बाँकी ११ वटाको मूल्य भने स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.