स्थानीय तह उपनिर्वाचन : सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि ६ जना प्रतिष्पर्धामा
हुम्ला : मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदारी परेको छ। मुख्य निर्वाचन कार्यालय सर्केगाड हुम्लाले उम्मेदारको अन्तिम नामावली प्रकाशन गरेको हो।
उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा परी निधन भएको थियो। उनी नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए।
नेपाली कांग्रेसको तर्फबाट सविता बुढा,नेकपा एमालेको तर्फबाट जाना शाही,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट देवकी तिमिल्सेना, राष्टिय प्रजातन्त्र पाटीबाट संगिता शाही र राष्टिय स्वतन्त्र पाटीको तर्फबाट बाँचा बुढा र नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदार नरेश शाहीको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले जानकारी दिए ।