२४ घण्टाभित्र हवाई भाडा दर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

२४ घण्टाभित्र हवाई भाडा दर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन
सुन्नुहोस्

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाइ कम्पनीहरूलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरूलाई उच्चतम मूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनःविचार गर्न निर्देशन दिए। 

'हामीले नागरिकहरूकै सेवा भनेर हवाइ कम्पनीहरूलाई सहुलियत दिएका थियौं। तर, त्यसको उपहास भएको छ। राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ,' मन्त्री पाण्डेले भने, 'नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ। यस विषयले म निकै दुःखी छु।'

यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा हाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोश पोखे। हवाई भाडावृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उनले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे।

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलेसमेत अचाक्ली हवाईभाडा लिएकोप्रति सचेत गराए। नागरिकहरूले हवाई भाडावृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउँदै २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए। पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडावृद्धिबारे पुनःविचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.