फरार प्रतिवादी प्रहरी नियन्त्रणमा
महोत्तरी : डाँका कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत महोत्तरीबाट १ वर्ष ८ महिना कैद र १६ हजार ६६७ रुपैयाँ बिगो कायम गरी सजाय पाएर फरार रहेका बर्दिबास नगरपालिका १० का २४ वर्षीय सरोज वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
२०७५ साल मंसिर १० गतेका दिन डाँका गरी फरार रहेका आरोपमा अदालतले सो सजाय सुनाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनलाई महोत्तरी जिल्ला अदालतले मिति २०७७ माघ २० गतेका दिन १ वर्ष ८ महिना कैद र सो रकम बराबर जरिबाना तोकिएको थियो।