पुलिस र एनआरटीलाई सफलता

पुलिस र एनआरटीलाई सफलता
सुन्नुहोस्

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीले ललित स्मृति यू–१८ फुटबल लिगमा सफलता हात पारेका छन्। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा बुधबार भएको खेलमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ३–१ र एनआरटीले सातदोबाटो युथ क्लबलाई ३–० गोलले पराजित गरेको हो।

पुलिसलाई जित दिलाउन कप्तान सुवास बमले दुई तथा चिरन कार्कीले एक गोल गरेका थिए। चर्च ब्वाइजका अनुज थिङले एक गोल फर्काए। खेलको तेस्रो मिनेटमै सुवासको गोलमार्फत पुलिसले अग्रता लिएको थियो। आठ मिनेटपछि सुवासले नै टोलीको अग्रता दोब्बर बनाएका थिए।

चिरनले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दा पुलिसले ३–० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुमै अनुजले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए पनि त्यसपछि गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो। जितसँगै ११ खेलमा २६ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ। १४ अंकका साथ चर्च ब्वाइज नवौं स्थानमा छ।

यसैगरी अर्को खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई ३–० गोलले हरायो। एनआरटीलाई जित दिलाउन इशान शाहले दुई र राजन बुढाले एक गोल गरेका थिए। खेलको ११औं मिनेटमा इशानले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए। १५औं मिनेटपछि इशानले नै टोलीको अग्रता दोब्बर पारेका थिए। त्यसपछि निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा राजनले गोल गर्दै एनआरटीलाई सहज जित दिलाए।

जितसँगै ११ खेलमा २२ अंक जोडेको एनआरटी दोस्रो स्थानमा छ। ११ खेलमा चार अंक बनाएको सातदोबाटो लिगको पुछारमा छ। प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.