शिभाली र आइसथ पहिलो
काठमाडौं : नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यू–१४ एसियाली टेनिस प्रतियोगिताको गल्र्स डबल्समा पहिलो भएका छन्। शिभाली र आइसथको जोडीले फाइनलमा बंगलादेशका हुमिराह हैदर र बंगलादेशकी नयिम हुसेनको जोडीबाट वाक ओभर पाए। हुमिराहकी पार्टनर नयिम घाइते भएकाले उक्त जोडीले फाइनल त्यागेका थिए।
नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिश नन्दाको जोडीले नेपालका अर्यासराज पौडेल र स्पन्दन उदासको जोडीलाई ६–१, ६–० तथा भारतकका हर्ष मर्वाहा र बंगलादेशका मोहमद रकिन रहमानको जोडीले नेपालका बृजेश अर्याल र विश्वविषेश डल्लाकोटीको जोडीलाई ६–४, ६–४ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।
गर्ल्स सिंगल्समा नेपालकी शिभाली गुरुङले आफ्नै डबल्स पार्टनर माल्दिभ्सकी आइसथलाई ६–१, ६–२ तथा बंगलादेशकी हुमाराहले नेपालकी स्वराह थापालाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान बनाए। ब्वाइज सिंगल्समा भारतका तनिसले हङकङका लाप यिन ललाई ६–०, ६–१, नेपालका बृजेश अर्यालले नेपालकै असभसम्राट हाडालाई ६–१, ६–०, भारतका अभी अग्रवालले नेपालका विश्वविषेश डल्लाकोटाीलाई ६–०, ६–१ र न्युजिल्यान्डका ज्याक्स रुपले भारतका हर्ष मर्वाहालाई ६–४, ४–६, ७–५ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे।
डेविस कपमा नेपाल विजयी
नेपालले डेविस कपमा बुधबार जित हात पारेको छ। बहराइनको मानामामा नेपालले गुआमलाई २–१ सेटले पराजित गरेको हो।
नेपालले दुई सिंगल्समा जित हात पार्यो भने डबल्समा चुकेको थियो। पुरुष सिंगल्समा नेपालका प्रदीप खड्काले गुआमका लियरेन्स डानियललाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे। अर्को सिंगल्समा नेपालका अभिषेक बाँस्तोलाले गुआमका डेरेक उकुहामालाई ६–१, ६–१ ले हराए।