सुदूरपश्चिम रोयल्ससँग जोडियो टेलिकम

सुदूरपश्चिम रोयल्ससँग जोडियो टेलिकम
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ’टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ। सञ्चार क्षेत्रमा नेपालको अग्रणी संस्थाका रुपमा रहेको नेपाल टेलिकम र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता भएको हो।

सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले हस्ताक्षार गरेका थिए। सम्झौतापछि सीईओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्वपूर्ण भूमिका खेल्ने बताए। खड्काले टेलिकमले यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताए।

प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको बताउँदै नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको बताइन्। उनले सुदूरपश्चिम रोयल्समार्फत एनपीएलमा जोडिन पाउँदा खुसी लागेको बताइन्।

एनपीएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकास क्रमकै महत्वपूर्ण कोशेढुंगाका रुपमा स्थापित हुने बताउँदै यसमा सुदूरपश्चिम रोयल्सको विशेष भूमिका रहने विश्वास पनि व्यक्त गरिन्।

क्यानको आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल आयोजना हुँदैछ। सुदूरपश्चिमका मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन्।

सुदूरपश्चिम टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढा ऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब –इङल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.