धम्क्याएर रकम असुल्ने डा. आशिष दाहाललाई प्रहरीले पक्राउ

धम्क्याएर रकम असुल्ने डा. आशिष दाहाललाई प्रहरीले पक्राउ
सुन्नुहोस्

काठमाडौं : डर त्रास देखाइ धम्क्याएर रकम असुल्ने ३२ वर्षीय डा. आशिष दाहाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भोजपुर नगरपालिका-११ घर भएर हाल ललितपुर ग्वार्को सानोगाउँ बस्ने दाहाललाई शंखमूलबाट पक्राउ गरेको जानकारी दिए। 

आचार्यका अनुसार ह्वाट्स एपमार्फत अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट हो भन्दै धम्क्याएर दाहालले ५० हजारदेखि २ लाख रुपैयाँसम्म असुल्ने गरेको सूचना प्राप्त भएपछि पक्राउ गरिएको हो। 

उनका अनुसार उनले काठमाडौं उपत्यकाभित्र विभिन्न व्यक्तिलाई रकम नदिए भारतको बिहारलगायत अन्य ठाउँबाट कन्ट्रयाक्ट किलर भाडामा लगाइ मारिदिन्छु भन्दै म्यासेज गर्ने गरेका थिए। 

दाहाललाई जिल्ला प्रहरी परिसर भद्रकाली अनुसन्धान तथा कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.