महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काइदिएपछि स्थानीय आन्दोलित

महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काइदिएपछि स्थानीय आन्दोलित
सुन्नुहोस्

ढल्केवर(धनुषा): महोत्तरीको पिपरामा अज्ञात समूहले मन्दिरको शिवलिङ्ग भत्काइदिएपछि स्थानीयहरू आन्दोलित बनेका छन् । जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत पिपरा गाउँपालिका–३ शिव चोकस्थित रहेको पिपरेस्वरनाथ महादेव मन्दिरमा रहेको शिवलिङ्ग गए राति अज्ञात समूहले भत्काइदिएपछि स्थानीय आन्दोलित बनेका हुन् ।

प्रहरीले अहिलेसम्म घटनामा संलग्नहरू पक्राउ गर्न चासो नदेखाएको भन्दै स्थानीयहरू टायर बालेर जलेश्वर–जनकपुर सडक खण्ड अवरुद्ध पारेका थिए । उनीहरूले हिन्दु राज्य कायम गर, दोषीलाई कारबाही गर, जय श्री राम लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

आनदोलनमा उत्रिएका स्थानीयहरूलाई सम्झाइ बुझाइ अवरुद्ध सडक खुलाएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । घटनाको विषयमा प्रहरीले अनुसन्धान अगाडी बढाएको उनले बताए । ‘शिवलिङ्ग भत्काउने कार्यमा संलग्नहरूको पहिचान गर्न प्रहरी सक्रियतापूर्वक लागेको छ । दोषीलाई कारबाही हुन्छ,’ प्रहरी नायव उपरीक्षक जैसवारले भने ।

स्थानीयहरुले घटनामा संलग्न समूहलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै तीन घन्टा जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध पारेका थिए । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक जैसवारले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.