मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको एक सातापछि मृत्यु भएको छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–४ किसान चोकमा प्रदेश १–०१–०१३ प ३३४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पम्फा श्रेष्ठ घाइते भएकी थिइन् । 

मोरङको मिक्लाजुङ गाउँपालिका–६ घर भएकी श्रेष्ठलाई गत कात्तिक २७ गते मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा सुधार नभएको भन्दै परिवारका सदस्यले अस्पतालबाट बुधबार राति निकालेका थिए । 

अवस्था थप जटिल बन्दै गएपछि पुनः उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगियो । उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिए । 

दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको विर्तामोड नगरपालिका–१ का २१ वर्षीय अनिषकुमार कट्टेल पनि सामान्य घाइते भएका थिए । उपचारपश्चात उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जोशीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.