अन्धविश्वासको पराकाष्ठा : टुनामुना गरी बिरामी पारेको भन्दै हत्या

अन्धविश्वासको पराकाष्ठा : टुनामुना गरी बिरामी पारेको भन्दै हत्या
पक्राउ परेका भुवनसिंह विक ।  तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दैलेख : दैलेखमा एकजनाको हत्या भएको छ । जिल्लाको दुल्लु नगरपालिका–१३ खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको हत्या भएको हो । बुधबार साँझ सोहि ठाउँका ४३ वर्षीय भुवन सिंह विकले कर्णबहादुरको घरमै गई उनको घाँटीमा हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए ।

 घाँटीमा धारिलो हतियार हँसिया प्रहारबाट  गम्भीर घाइते भएका कर्णबहादुरलाई उपचारका लागि दुल्लु अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको डिएसपी दाहालले बताए । 

कर्णबहादुरलाई धारिलो हतियार प्रहार गर्ने भुवन सिंहलाई प्रहरीले प्रक्राउ गरेको छ । ‘हँसिया प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेका छौँ,’डिएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट मृतक कर्णबहादुर धामी रहेको र उनले टुनामुना गरि आफूलाई बिरामी पारेको भन्दै भुवनसिंहले कर्णबहादुरमाथि हँसिया प्रहार गरेको खुलेको छ ।’ 

घटनामा थप अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.