अमेरिकामा मुद्दा परेपछि भारतीय अर्बपति अडानीको सेयर मूल्यमा भारी गिरावट
काठमाडौं : भारतका अर्बपति गौतम अडानीको सेयर मूल्यमा एकै दिन १९ प्रतिशतसम्म गिरावट आएको छ। अमेरिकामा धोकाधडीको आरोप लागेपछि बिहीबार अडानीको कम्पनीका सेयर मूल्य ह्वात्तै घटेको हो।
बम्बे स्टक एक्सचेन्जका अनुसार अडानीका तीन कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको हो। अडानीको एनर्जी सोलुसन्स लिमिटेडको १९.५० प्रतिशत, अडानी इन्टरप्राइजेजको १८.७६ प्रतिशत र अडानी पोर्ट्सको ११.९४ प्रतिशत सेयर मूल्य घटेको हो।
अमेरिकामा आफ्नो कम्पनीलाई सम्झौता गराउनका लागि अडानीले २५ करोड अमेरिकी डलर घुस दिएको आरोप लगाइएको छ।