सहकारी ठगलाई कारवाहीसँगै बचतकर्ताको रकम फिर्ता गराउनुपर्छ : नारायणकाजी श्रेष्ठ

सहकारी ठगलाई कारवाहीसँगै बचतकर्ताको रकम फिर्ता गराउनुपर्छ : नारायणकाजी श्रेष्ठ
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका छन्। बिहीबार सहकारी पीडितहरूले काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारवाही गर्दै बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका हुन्।

उनले नेपालमा सहकारीको नाममा जनता लुट्ने काम रोक्न र बचतकर्ताको समस्या समाधान गर्न पनि सरकारसँग माग गरेका छन्।  बचत रकम फिर्ताको माग गर्दै बुधबार माइतीघरमा प्रदर्शन गर्ने पीडितमाथि दमन भएको भन्दै उनले आपत्ति जनाए।

माइतीघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा केहि बचतकर्ता घाइते भएका थिए । बिहीबार घाइतेलगायतका सहकारी पीडितहरूले पुन: माइतीघरमा प्रदर्शन गरेका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.