नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि

नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि
सुन्नुहोस्

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो।

पार्टी महासचिव धर्मेन्द्र बास्तोलाले महाधिवेशनमा वैचारिकरूपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने जानकारी दिए।

उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तीय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत जानकारी दिए। अर्को प्रसंगमा महासचिव बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधीन संयुक्त सरकार विकल्प भएको बताए।

लिपुलेकका सन्दर्भमा चीन र भारतबीच भएको समझदारी खारेजीको लागि पहल गर्न प्रधानमन्त्रीको बास्तोलाले ध्यानाकर्षण समेत गराए। त्यस्तै बहुमतले सन् १९५० लगायत सबै असमान सन्धि तथा सम्झौता खारेज गर्नसमेत माग गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.