रोशनी माविले गर्‍यो ४ खेलाडीलाई सम्मान

रोशनी माविले गर्‍यो ४ खेलाडीलाई सम्मान
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

स्याङ्जा : आईसीसी महिला यू १९ विश्वकपका लागि छनौट भएका ४ महिला क्रिकेट खेलाडी र जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्षगरी ५ जनालाई नगदसहित सम्मान गरेको । पुतलीबजार नगरपालिका- १ स्थित रोशनी आवासीय अंग्रेजी माध्यमिक विद्यालय परिवारले ५ जनालाई नगदसहित सम्मान गरेको हो।  

गण्डकी प्रदेशमा स्याङ्जाका ३ जना र कास्कीका एकगरी ४ जना यू १९ महिला क्रिकेट खेलाडी र क्रिकेट संघ स्याङ्जाका अध्यक्षगरी ५ जनाला सो विद्यालयले जनही २०/२० हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाइ बिहीबार सम्मान गरेको हो।  

सम्मानित हुनेमा पुतलीबजार नगरपालिका -१ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के.सी, कुसुम गोदार, कास्की पोखरा महानगरपालिकाका रचना चौधरी र स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापा रहेका छन्। 

पूर्वसांसद एवं विद्यालयका निर्देशक नारायणप्रसाद मरासिनी र विद्यालयका संस्थापक रोशन मरासिनीले उनहरूलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेका हुन्। सम्मान गर्दै प्रतिनिधिसभाका पूर्वसांसद एवं निर्देशक मरासिनीले अनुशासित र इमान्दारिताले सफलतामा पु्र्‍याउने बताउँदै अनुशासित भइ आफनो जिम्मेवारी पुरा गर्न सुझाव दिए। 

नेपालका एक जिल्ला स्याङ्जाको नाम संसारभरी परिचित गराउन सफल भएकोमा बधाईसहितको शुभकामना दिए। विद्यालयको प्रांगणबाट सुरु भएको क्रिकेट खेललाई अन्र्तराष्ट्रिय खेलमैदानसम्म पुगेर, खेलखेली पुरयाएको योगदान जिल्लाबासीको गौरब रहेको उनको भनाइ छ। 

कार्यक्रममा जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापा, क्रिकेट संघका सदस्य बिद्यादेवी भट्टराई, प्रिन्सिपल दिपक मरासिनी, प्रशासक विशाल गौतमलगायतले खेलाडीको सुखद भविष्यको कामना गर्दै बधाईसहित सम्मान गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.