आगलागीबाट १० लाख रुपैयाँको क्षति
तनहुँ : आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। भिमाद नगरपालिका-१, दर्काङ्ग बस्ने ६० वर्षीय निमुलाल परियारको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।