महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्न सरकार प्रतिवद्ध : मन्त्री सुडी

महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्न सरकार प्रतिवद्ध : मन्त्री सुडी
सुन्नुहोस्

काठमाडौं : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) पूर्ण कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताएका छन्।

सिडको छाँया प्रतिवेदन तयारीको लागि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय परामर्श कार्यक्रममा मन्त्री सुडीले सिड महिला समानता र विकाससम्बन्धी सबै पक्षहरू समेटी संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको अन्तर्राष्ट्रिय दस्तावेज भएकाले यसको कार्यान्वयनमा सरकारले ध्यान दिने बताए।

सिड समितिमा नेपाल सरकारले ७ औं आवधिक प्रतिवेदन बुझाइसकेको र उक्त प्रतिवेदनमा रहेर सिड समितिले नेपालको लागि प्रश्नहरूको सूची पठाएको उनले जानकारी दिए। उनले यससम्बन्धी कार्यमा मन्त्रालय सधैं सहकार्य र समन्वय गर्दै अघि बढ्न तत्पर रहेको बताए।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नागरिक समाजले तयार पारेको छाँया प्रतिवेदनमा वकालत गर्ने अवसर दिएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.