इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पूर्जी जारी
सुन्नुहोस्

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले प्रधानमन्त्री नेतान्याहुसहित इजरायलका पूर्वरक्षामन्त्री योआभ ग्लान्ट र हमासका सैन्य कमान्डर महोम्मद दिएफविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

आईसीसीले इजरायलको तर्फबाट दिइएको चुनौतीलाई खारेज गर्दै उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। इजरायलले एक हवाई आक्रमणमा हमासका सैन्य कमान्डर दिएफको मृत्यु भएको दाबी गरे पनि आईसीसीले उनको मृत्यु स्वीकार नगरेको एजेन्सीहरूले उल्लेख गरेका छन्।

इजरायल र हमासबीचको युद्धमा उनीहरूले मानवताविरुद्धको अपराध गरेको आईसीसीको ठहर छ। यसअघि आईसीसीका अभियोजक करिम खानले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गरेकी थिइन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.