मुक्तिनाथ मन्दिरमा सरसफाइ

मुक्तिनाथ मन्दिरमा सरसफाइ
सुन्नुहोस्

जोमसोम : हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा बृहत् सरसफाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको अगुवाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार मुक्तिनाथधामको बृहत् सरसफाइ गरेको हो।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको सरसफाइ कार्यमा ४५ जना कर्मचारी तथा सुरक्षाकर्मी खटिएका थिए। सोह्र श्राद्ध तिथिदेखि छठ पर्वसम्म भक्तजनले पारेका फोहोरलाई संकलन गरी नष्ट गरिएको मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए। 

मुक्तिनाथ मन्दिरलाई स्वच्छ, सफा र वातावरणमैत्री तुल्याउन प्रशासनको पहलमा तीनवटै सुरक्षा निकायले मिलेर मुक्तिनाथ मन्दिरको फोहोर नष्ट गर्ने कार्य भएको डीएसपी बोगटीले बताए। सरसफाइ अभियानमा करिब १० ड्रम फोहोर खाल्डो खनी नष्ट गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.