पोखरिया अस्पतालाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाउने सरकारको निर्णय

पोखरिया अस्पतालाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाउने सरकारको निर्णय
सुन्नुहोस्

वीरगन्ज : सरकारले पर्साको पोखरिया अस्पतालाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ। बिहीबार बसेको संघीय सरकारको मन्त्रिपरिषदे बैठकले पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जानकारी दिए।

पोखरिया अस्पताल हालः १५ शय्यामा सञ्चालनमा रहेको छ। पोखरिया अस्पतालको स्तरोन्नति गर्न माग गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले अस्पतालमै असोजमा ११ दिनसम्म धर्ना दिएको थियो।

बिहीबार मन्त्रीपरिषद बैठकले पोखरिया अस्पतालाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले वर्षौंदेखिको प्रयास र जनताको माग सार्थक गराउन पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिएका छन्। 

स्तरोन्नतिको निर्णयले  पोखरिया अस्पतालले पोखरियाका लागि मात्र नभएर, मधेस प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै प्रादेशिक अस्पतालको रूपमा अझ विस्तारित सेवा दिन सक्षम हुनेछ भन्ने विश्वास लिएको उनले बताए।

यो महत्त्वपूर्ण निर्णय कार्यान्वयन गर्न अहोरात्र लागेका पोखरिया नगरबासी, स्थानीय अगुवा, सामाजिक अभियन्ता तथा राजनीतिक दलप्रति आभार प्रकट गर्दै मन्त्री गुप्ताले मन्त्रिपरिषद्को निर्णयमा महत्त्वपूर्ण सहयोग पुर्‍याएका प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि धन्यवाद दिएका छन्।

यसअघि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्ने योजना समावेश गरेको भएपनि उक्त निर्णय प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको थिएन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.