गोरखाको सोती–पाङसिङमा अवैध पठाओको बिगबिगी

गोरखाको सोती–पाङसिङमा अवैध पठाओको बिगबिगी
सुन्नुहोस्

गोरखा : भर्खर–भर्खर सडक सञ्जालले छोएको माछाखोला पाङसिङ खण्डमा बिना दर्ताका पठाओ सेवा (मोटरसाइकल) सञ्चालनमा छ। ३० किलोमिटर खण्डमा करिब ६० वटा पठाओ(मोटरसाइकल) चल्ने गरेका छन्। सबैभन्दा धेरै माछाखोलाबाट पठाओ सेवा सञ्चालनमा छ। त्यस्तै सोती, खोर्लाबेंसशीबाट पनि पठाओ चल्ने गरेको छ। पाङसिङदेखिका यात्रु बोकेर मोटरसाइक्लबालाले काठमाडौंंसम्म पठाओ सेवा दिने स्थानीयबासी बताउँछन्। विना दर्ताका यी पठाओ सेवाले कुनै निकायमा पनि राजस्व तिर्ने गरेका छैनन्।

बस तथा जीपसमेत चल्ने सो सडकखण्डमा पठाओ सेवाले चर्को भाडा लिएर यात्रु ओसार्ने गरेको स्थानीयको गुनासो छ। जीपको भन्दा झण्डै तेब्बर बढी भाडा लिएर यात्रु ओसार्ने गरेको यात्रुहरूको भनाइ छ। ‘माछाखोलादेखि पाङसिङसम्म सेवा दिएबापत जीपले एक हजार रूपैयाँ लिन्छ भने पठाओले तीन हजार लिने गरेको छ’, एक यात्रु भन्छन्, ‘माछाखोलादेखि जगतसम्म चलेको जीपले सातसय रूपैयाँ लिन्छ भने पठाओले दुई हजार लिने गरेका छन्।’ सेवा पाएपछि दररेटमा ‘बार्गेनिङ’ नगर्ने दुर्गम भेगका निमुखाहरू ठगिने गरेको उनको भनाइ छ। 

बेनिघाट, आरुघाट लार्के सडकको माछाखोलासम्म बर्खाका चार महिनाबाहेकका दिनहरूमा बस र जिप सेवा सञ्चालनमा छ। त्यहाँभन्दा माथि पाङसिङसम्म जीपले सेवा दिइरहेको छ। बस र जिपले सेवा दिए पनि यो सडकमा मोटरसाइकलले पठाओ सेवा दिने गरेको छ।

पठाओले बर्खाका बेला पनि सेवा दिने गरेको स्थानीयको भनाइ छ। ‘पठाओले दुर्गमका निमुखा जनतालाई ठग्नुसम्म ठगेको छ तर के गर्नु, यात्रु रहरले पठाओ चढेका होइनन्, बाध्य भएर चढेका हुन्’, जगतका गणेश कार्की भन्छन्, ‘सरकारले दुर्गमका जनता मरे मर्, बाँचे बाँच् भनेर वास्तै गर्दैन। बर्खाका बेला न बस चल्छ, न जिप। धन्न पठाओले जोखिम मलेर भए पनि सेवा दिएका छन्। कच्चीबाटोमा हप्ता हप्तामा बाइक बिग्रिँदो रहेछ। बनाउनुपर्दा एकै पटकमा ४० हजार, ५० हजारसम्म खर्च हुन्छ भन्छन्। अबैध रूपमा चलेको पठाओले मान्छे ठगे पनि छिटो गन्तव्यमा पुग्नुपर्ने दुर्गमका मान्छेलाई सजिलो भएको छ।’ 

रातो नम्बर प्लेटको कार, जिप र बाइकले भाडा असुलेर यात्रु बोक्ने विषय विधि, प्रक्रिया विपरीतका कार्य हुन्। यसप्रति नियमन गर्ने निकाय जिल्ला ट्राफिक प्रहरी मौन छ। ‘त्यस क्षेत्रमा अवैध रूपमा पठाओ सेवा चलिरहेको भन्ने जानकारी त हामीलाई पनि छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तारापति अर्याल भन्छन्, ‘त्यस्तो गतिविधि नियन्त्रण गर्नुपर्छ। त्यसका लागि हामी प्रयास गर्नेछौं।’ यस्ता कार्य नियन्त्रण गर्न स्थानीय सरकारले पनि साथ र सहयोग गर्नुपर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.