शिभाली च्याम्पियन

शिभाली च्याम्पियन
सुन्नुहोस्

काठमाडौं : नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यू–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत–सर्किट वानको गल्र्स सिंगल्समा पहिलो भएका छन्। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बिहीबार भएको फाइनलमा शिभालीले बंगलादेशी हुमिराह हैदरलाई ६–२, ६–० को सोझो सेटमा पराजित गरिन्। शिभालीको यो दोस्रो स्वर्ण हो। यसअघि शिभाली र माल्दिभ्सकी अइसथ करिन सइजनको जोडी गल्र्स डबल्समा पहिलो भएका थिए।

नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिस नन्दाको जोडी पहिलो बने। उक्त जोडीले फाइनलमा भारतका हर्ष मर्वाहा र बंगलादेशका मोहमद रकिन रहमानको जोडीलाई ७–६, ६–३ को सोझो सेटमा हराए।
ब्वाइज सिंगल्समा पनि तनिश फाइनलमा पुगेका छन्। सेमिफाइनलमा उनले नेपालका बृजेश अर्याललाई ३–६, ६–१, ६–२ ले पन्छ्याउदै भारतकै अभी

अग्रवालसँग फाइनल भेट पक्का गरे। अर्को सेमिफाइनलमा अभीले न्युजिल्यान्डका ज्याक्स रुपमाथि ६–०, ६–३ को जित दर्ता गरेका थिए।

टेनिस टोली बहराइन जाने

बिली जिन किङ कपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली शुक्रबार बहराइनको मानामा प्रस्थान गर्ने भएको छ। नोभेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा पाँच महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धरले खेल्ने छन्। प्रशिक्षकमा सन्तोष खत्री तथा व्यवस्थापकमा नेपाल टेनिस संघका सदस्य अजय विष्ट छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.