थमन विकको हत्या आरोपमा पक्राउ परेका चौधरी पुर्पक्षका लागि जेल चलान

थमन विकको हत्या आरोपमा पक्राउ परेका चौधरी पुर्पक्षका लागि जेल चलान
सुन्नुहोस्

ढल्केवर(धनुषा) : शसस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा पक्राउ परेका देवेन्द्र चौधरीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । बिहीवार महोत्तरी जिल्ला अदालतका न्यायाधीश फणेश्वरी घिमिरेको एकल इजलासले चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएको हो ।

असइ विकका हत्या आरोपमा फरार रहँदै आएका जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसका अध्यक्ष चौधरीलाई सोमवार मात्रै प्रहरीले पक्राउ गरेको थियो । सोमवार क्याम्पसमा बैठक चलिरहेको बेला सादा पोसाकमा गएका प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो ।

चौधरीलाई पक्राउ गरेर अदालतमा पेश गरी चार दिनको निरन्तर सुनुवाइपछि बिहीवार अदालतको आदेशमा उनलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते फैसला गर्दै तराई मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असइ विकको हत्या घटनामा दुई जनालाई सफाइ र सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो । 

तत्कालीन महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित भएका एमालेका सांसद लक्ष्मी महतो कोइरी र थमन विकको हत्या आरोपमा पक्राउ परी पाँच वर्षदेखि कारागारमा रहेका पवन कापरलाई सफाइ दिँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय सुनाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.