कार्की पाँचौंपटक उत्कृष्ट करदाताबाट सम्मानित
उदयपुर : उदयपुरका प्रमुख व्यापारिक केन्द्र कटारीका सफल व्यवसायी प्रयास कार्की लगातार पाँचौं पटक उत्कृष्ट करदाता पुरस्कारबाट सम्मानित भएका छन् ।
जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ मा हार्डवेयर व्यवसाय गर्दै आएका कार्कीलाई १३ औं राष्ट्रिय कर दिवसको अवसरमा बिहीवार सम्मान गरिएको हो ।
करदाता सेवा कार्यालय उदयपुरले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र करदाता सेवा कार्यालयका प्रमुख अशोकप्रसाद कुशवाहाले उनलाई सम्मान गरेका हुन् ।
नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालक कार्की आफ्नो व्यावसायमार्फत जिल्लामा आर्थिक वर्ष २०७२/०७३ देखि निरन्तर सबैभन्दा बढी कर तिर्ने व्यवसायीमा पर्दछन् ।