स्याङ्‍जामा क्रिकेट खेलाडीलाई सम्मानको ओइरो

स्याङ्‍जामा क्रिकेट खेलाडीलाई सम्मानको ओइरो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

स्याङ्जा : अर्जुनचौपारी गाउँपलिकाले यू–१९ विश्वकपमा खेल्ने इतिहास रचेका स्याङ्जाका ३ महिला क्रिकेट खेलाडीसहित क्रिकेट संघका जिल्ला अध्यक्षलाई सम्मान गरेको छ। दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा खेलकूद महोत्सवको उदघाटनका अवसर पारेर एसिया छनोट उपाधि बिजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा सहभागी हुने राष्ट्रिय टिम मध्येका पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी र कुसुम गोदारलाई जनही १५/१५ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। 

यसैगरी, क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मानपत्रले सम्मान गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रकाशकीय अधिकृत कौशल पाण्डेले खेलाडीहरुलाई सम्मान गरेका हुन्।

सम्मान गर्दै अध्यक्ष तिवारीले खेलाडी देशको गहना भएकाले सबैले खेल र खेलाडीको सम्मान गर्नुपर्ने बताए। सन्दीप लामिछाने जस्तो कुसल खेलाडी जन्माउने गाउँपालिका समेत भएको स्मरण गराउँदै खेलकुदको विकासमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। 

सम्मानित खेलाडी सीमाना केसी, वडा नं १ का अध्यक्ष रणबहादुर थापा, लाल केसी लगायतले खेल र खेलप्रतिको लगाव र मेहनतले सफलता मिलेको बताए। यू १९ राष्ट्रिय महिला टिममा सहभागी भएका मध्ये गण्डकी प्रदेशका ४ जना हुन। ती मध्ये स्याङजाका ३ खेलाडी र कास्कीका एक जना छन्। उनीहरुले सन् २०२५ जनवरी १८ देखि २ फेबु्रअरी सम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका छन। त्यसअघि उनीहरुले एशिया कप खेल्ने भएका छन्।  

सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले विश्वकपमा स्थान पक्का गरेपछि उनीहरुको चर्चा ह्वात्तै बढेको छ । गाउँपालिकाद्धारा आयोजित खेलकूद महोत्सवमा ४५ स्वर्ण, ४५ रजत र ४५ कास्क पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा १ देखि १२ कक्षाका विद्यार्थी सहभागि हुने भएका छन्।

खेलकुद महोत्सबमा कक्षा –१ देखि कक्षा –५ सम्म चम्चा दौड, म्युजिकल चियर, एकल नृत्यमा प्रतियागिता रहेको छ। कक्षा –६ देखि १२ सम्म दौड, हाइजम्प, लड्ढजम्प, त्रिपलजम्प, भलिबल, कबड्डी, डोरी तान्ने खेल रहेका गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ्ले जानकारी दिइन्। महोत्सव ६ देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.