रसुवाबाट दुई किलो सुनसहित पक्राउ

रसुवाबाट दुई किलो सुनसहित पक्राउ
सुन्नुहोस्

रसुवा : कालिका गाउँपालिका-१ ग्राङबाट सुनजस्तो देखिने धातु करिब २ किलोग्रामसहित एकजना पक्राउ परेका छन्।  गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाई छिपाई ल्याएको उक्त धातु फेला पारी बरामद गरेको प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.