काठमाडौंमा एमालेको बृहत् प्रदर्शन

काठमाडौंमा एमालेको बृहत् प्रदर्शन
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेकपा एमालेले जागरण सभाका लागि र्‍याली निकालेको छ। भद्रकालीबाट सुरू भएको र्‍याली दरवारमार्गमा पुग्ने क्रममा छ। र्‍यालीमा सहभागीहरूले सरकारको पक्षमा विभिन्न नाराहरू लगाइरहेका छन्। सभालाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। 

null

काठमाडौंमा आज एकैपटक एमालेसहित अन्य ठाउँबाट प्रदर्शन निस्किएपछि ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। जताजतै सवारी जाम बढेको छ। 

सोही समयमा सहकारी पीडित र दुर्गा प्रसाईंका समर्थकहरूले प्रदर्शन निकालेपछि थप जाम बढेको हो।

null

एमालेको काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनमा आज काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो।  एमाले माथि फैलाइएको भ्रम, सरकार र एमाले अध्यक्ष  ओलीलाई लगाइएका निराधार आरोप र लाञ्छना भोलिको कार्यक्रमले चिर्ने दावी गरे।

नकारात्मक दृष्टिकोणलाई सकारात्मक दिशातर्फ लैजाने,राष्ट्रिय सद्भाव कायम गर्ने र समाजलाई सही दिशातर्फ लैजानका लागि जागरण सभा गरिएको एमालेले जनाएको छ।

nullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.