रुसद्वारा युक्रेनमा ब्यालेस्टिक मिसाइल परीक्षण

पश्चिमी देशहरूलाई धम्की दिंदै पुटिनले भने, युक्रेनका सहयोगीमाथि आक्रमण गर्छौं

रुसद्वारा युक्रेनमा ब्यालेस्टिक मिसाइल परीक्षण
फाइल तस्बिर।
सुन्नुहोस्

युक्रेनमा मिसाइल आक्रमण भएको केही घण्टापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अचानक देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनले पश्चिमी आक्रमणको जवाफमा रुसले ‘नयाँ’ मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बताएका छन् । पुटिनले आफूहरुमाथि आक्रमण गर्नेलाई प्रत्याक्रमण गर्ने अधिकार आफूहरुसँग भएका बताएका छन् ।

पुटिनले उक्त मिसाइललाई ‘ओरेश्निक’ नाम दिएका छन् । मिसाइलले २.५ देखि ३ किलोमिटर प्रति सेकेन्डको गतिमा लक्ष्यमा आक्रमण गर्ने उनको भनाइ छ। पुटिनले पश्चिमी देशहरूलाई युक्रेनलाई सहयोग गर्ने कुनै पनि देशको सैन्य आधार शिविरमा मस्कोले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

रुसले बिहीबार बिहान युक्रेनको डिनिप्रो सहरमा घातक मिसाइल आक्रमण गरेको छ । यसबारेमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले इन्टरकन्टिनेन्टल मिसाइल (आईसीबीएम) बाट आक्रमण गरेको दाबी गरेका थिए । यद्यपि अमेरिकी अधिकारीहरूले हिजो नै जेलेन्स्कीको दाबीलाई अस्वीकार गरेका छन्।

पश्चिमी देशहरूले युक्रेन युद्धलाई बढाइरहेको पुटिनको आरोप

रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्ध अहिले विश्वव्यापी द्वन्द्वमा परिणत भएको बताएका छन् । पुटिनले युक्रेनलाई रुसी भूमिमा लामो दुरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न दिएर पश्चिमा मुलुकले सङ्कटलाई बढाएको उल्लेख गरे।

पुटिनले भने, 'रुसले हाइपरसोनिक हतियार प्रयोग गरेछ भने आक्रमणअघि त्यहाँका मानिसहरूलाई ठाउँ छाडेर बाहिर निस्कन चेतावनी दिनेछ।' उनले रुसी मिसाइललाई रोक्न अमेरिकी वायु रक्षा प्रणाली कहिल्यै सफल नहुने बताए ।

युक्रेनले पश्चिमी देशबाट हतियार प्राप्त गर्दा युद्धको नतिजामा कुनै असर नपर्ने पुटिनले उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.