कुबेत पुगेकी  सुन्तली उद्धारको पर्खाइमा

कुबेत पुगेकी  सुन्तली उद्धारको पर्खाइमा

वैदेशिक रोजगारीको लागि कुबेत पुगेकी रामेछापकी सुन्तली श्रेष्ठ अलपत्र परेकी छन् । उनी  २ महिनाअघि  घरेलु कामदारको रूपमा कुबेत पुगेकी थिइन्।

पीडित सुन्तलीका अनुसार नेपालमा रहेको द हिमालयन एच आर प्रालि मा कार्यरत कमला माया डुम्जानद्वारा आफू कुबेत पुगेकी हुन्। उनलाई महिनाको तलब १ सय केडीभन्दा माथि हुने भनिए पनि भने  अनुसारको काम नपाएको गुनासो गर्नुको साथै बिमारी हुँदासमेत काम गर्नु पर्ने र घरमालिक लगायत उनका परिवारबाट दुर्व्यवहार हुने बताइन्। साथै आफूमाथी भएको दुर्व्यवहार सम्बन्धित मेनपावर र व्यक्तिलाई बताउँदा कुनै सहयोग नगरेको उनको आरोप छ।

उनका अनुसार मेनपावरमा कार्यरत कमला मायालाई ३० हजार नेपाली रूपैयाँ बुझाएको र दुबई हुँदै कुबेत पुगेकी हुन्। उनले आफू अलपत्र परेको जानकारी नेपाली दुतावास कुबेत र नेपाली साझा मञ्च नामक संस्थालाई दिंदै उद्धारका लागि निवेदन दिएको बताइन् ।

 
निबेदन पाएलगत्तै संस्थाकी केन्द्रीय अध्यक्ष सारदा भुसाले उनको श्रीमानसँग सम्पर्क गरि वैदेशिक रोजगार तथा सम्बन्धित निकायलाई खबर गरी आवश्यक कार्य अगाडि बढाएको बताइन्।

पछिल्लो समय घरेलु कामदारको रूपमा दुबई ट्रान्जिट बनाइ अवैधानिक रूपमा कुबेत, ओमन, साउदी , इराक जस्ता मुलुकमा नेपाली महिला पठाउन थालिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.