जागरण सभामा एमालेले भन्यो- केपी ओलीको कम्बोडियामा लगानी छ भनेर स्यालहुइँया मच्चाइयो

जागरण सभामा एमालेले भन्यो- केपी ओलीको कम्बोडियामा लगानी छ भनेर स्यालहुइँया मच्चाइयो
जागरण सभामा सहभागी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै भ्रम फैलाएको बताएका छन्। काठमाडौंको दरबारमार्गमा आयोजित जागरण सभामा बोल्दै महासचिव पोखरेलले केही व्यक्तिहरूले स्यालहुइँया मच्चाउने काम गरिरहेको बताए।

'हाम्रा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी छ भनेर स्यालहुइँया मच्चाउने काम भइरहेको छ। अध्यक्ष कमरेडले रोस्टमबाटै लगानी प्रमाणित गर्नुस्। त्यसको डबल दिन्छु भनिसक्नुभएको छ,' उनले भने, 'एउटा देशको टेलिकममा कसको लगानी छ भनेर अपारदर्शी हुनसक्छ? नेपाली समाजमा यस्ता व्यक्तिहरू पनि छन्, जसले जे कुरालाई पनि षड्यन्त्रको ढाँचाबाट प्रस्तुत गर्छन्।'

उनले पार्टीका विदेश विभाग प्रमुख राजन भट्टराई कम्बोडिया गएको विषयलाई पनि भ्रमित पार्न खोजेको महासचिव पोखरेलको भनाइ छ। उनले भने, 'आज आइक्यापको अधिवेशन छ। अधिवेशनमा राजनीतिक दलका नेताहरू सहभागी छन्। हाम्रो नेता पनि त्यहाँ सहभागी छन्। अनि त्यसैलाई लिएर हाम्रो पार्टीको बदनाम गरिरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.