कृषकको आर्थिक अवस्था सुधार्न नीतिका साथ अघि बढ्नुपर्छ : मन्त्री सिंह
काठमाडौं : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको कृषि क्षेत्रलाई अघि बढाउने गरि बैंकहरूले काम गर्नुपर्नेमा जोड दिए। शुक्रबार काठमाडौंमा नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैंकको स्मारिका वित्तिय सन्देश बिमोचन गर्दै सिंहले कृषि क्षेत्रमा लगानी गरि यस क्षेत्रलाई अघि बढाउने गरि काम गर्न बैंकहरूलाई सुझाव दिएका हुन्।
कृषकको आर्थिक अवस्था सुधार्ने नीतिका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले कृषि प्रधान देशमा किसानहरूको वित्तिय अवस्था सुधार गर्नमा कृषि विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे।
अन्य बैंकहरूसँग प्रतिस्पर्धा गर्नेसक्ने गरि कृषकलाई ध्यानमा राखेर कृषि विकास बैंकले आफूलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । त्यस्तै उनले बैंकका कर्मचारीहरूको समस्यालाई पनि ध्यानमा राख्दै कृषि विकास बैंकले सेवाग्राहीलाई सहज सेवा दिनुपर्ने धारणा राखे।