धरहरा चढ्न प्रतिव्यक्ति २००, पार्किङको पनि शुल्क तिर्नपर्ने

धरहरा चढ्न प्रतिव्यक्ति २००, पार्किङको पनि शुल्क तिर्नपर्ने

काठमाडौं : सरकारले धरहरा चढ्ने शुल्क तोकेको छ। बिहीबार बसेको मन्त्रिरिषद् बैठकले मंसिर ९ गतेदेखि सशुल्क धरहरा सञ्चालन गर्न स्वीकृति दिएको थियो। 

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्‍चालन नहुँदासम्‍म सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो। त्यस्तै सार्क राष्ट्रलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ। 

त्यस्तै धरहरामा पार्किङ गर्दा पनि शुल्क तिर्नुपर्ने भएको छ। मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ। 

त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। व्यवसायीको हकमा भने यो लागू नहुने उल्लेख छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपैयाँ तोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.