विपन्न विद्यार्थीलाई पोसाक वितरण
उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका-७ स्थित नमुना माध्यमिक विद्यालय मुर्कुचीमा अध्ययनरत विपन्न विद्यार्थीलाई शैक्षिक पोसाक वितरण गरिएको छ।
यसअघि सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको समूह ‘पूर्व विद्यार्थी समाज’को समन्वयमा ‘प्रकृति प्रेमी समाज उदयपुर’ले शुक्रबार निम्न वर्गका तीन दर्जन विद्यार्थीलाई पोसाक वितरण गरेको हो।
१२ छात्रा र २४ छात्रलाई उनीहरूको आवश्यकता अनुसार विद्यालयको पोसाक सर्ट, पाइन्ट, ट्रयाकसुट र जुत्ता वितरण गरिएको समाजका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए।
बालबालिकालाई पोसाक वितरण गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सशीकुमार यादवले शैक्षिक अवस्था सुधार गर्न आम नागरिकको समान दायित्व रहने बताए।