भर्चुअल संवाद : प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो, मस्कले गरे स्टारलिंकबारे ब्रिफिङ

भर्चुअल संवाद : प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो, मस्कले गरे स्टारलिंकबारे ब्रिफिङ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका खर्बपति एलन मस्कलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। शुक्रबार साँझ भर्चुअल वार्तापश्चात प्रधानमन्त्री ओलीले मस्कलाई भ्रमणको निम्तो दिएका हुन्। 

ओलीले मस्कमार्फत नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरेका छन्। 

‘राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विजयी गराउन तपाईंले महत्त्वपूर्ण भूमिका खेलेको भन्ने मैले सुनेको छु। म उहाँलाई तपाईंमार्फत् बधाई दिन चाहन्छु।’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सचिवालय स्रोतले भन्यो। त्यसपश्चात मस्कले ओलीलाई धन्यवाद दिएका थिए। 

null

मस्कले स्टारलिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए। स्पेस एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले पछिल्लो समय नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक सुरु गर्न प्रस्ताव गरिरहेका छन्। 

मस्कको स्टारलिंक छिमेकी मुलुक भारतमा स्याटेलाइटबाट इन्टरनेट सेवा प्रदानका लागि भित्रिसकेको छ। अन्तरिक्षबाट सिधै इन्टरनेट सेवा प्रदान गर्ने भएकाले स्टारलिंकले दुर्गम क्षेत्रहरूमा पनि उच्च गतिको इन्टरनेट सेवा सहजै पुग्न सघाउ पुर्‍याउने दाबी गरिएको छ। स्पेश एक्सका प्रतिनिधिले नेपालस्थित अमेरिकी दूतावासमार्फत् सेवा दिने वातावरण बनाउन पहल गर्दै आइरहेका छन्। ओलीले मस्कलाई नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै देशी विदेशी उद्योगीहरू ढुक्कसँग लगानी गर्न आह्वान गरे।

नेपालले पहिलो क्रेडिट रेटिङमा ऐतिहासिक मूल्यांकन पाएको छ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिचले नेपाललाई बीबी माइनस रेटिङ दिएको हो। यसले विदेशी लगानी भित्र्याउन र बाह्य ऋण लिन सहज हुने विज्ञहरूको भनाइ छ। फिचले नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) गरेको हो। 

फिच रेटिङ्सले नेपालको दीर्घकालीन विदेशी मुद्रा रेटिङलाई बीबी माइनस प्रदान गरेको छ। पहिलो रेटिङमा नै बीबी माइनस पाउनु सफलता भएको विज्ञहरूले बताएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो रेटिङले अन्तर्राष्ट्रिय जगतमा नेपालको आर्थिक विकासका लागि आधारहरू रहेको देखाउने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.